काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए ।
पछिल्लो समय सामाजिक पारिवारिक फिल्म कम मात्रमा निर्माण भइरहेको अवस्थामा निर्देशक सिंहले ’श्री बुकुरो’ निर्माण गरेका हुन् । विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।
सार्वजनिक फिल्मको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेस गरिएको छ । टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने फिल्मको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ ।







२२ फाल्गुन २०८१, बिहीबार १२:२२ 








