माग्ने बुढाको भिडियो सन्देश

...

काठमाडौँ ।  छोरालाई भिडियो सन्देश पठाउदै माग्ने बुढा भन्छन् मेरो छोराको फिल्म  हेर्न जानुहोस् । छोराको फिल्म हेर्न दर्शकलाई आग्रह गर्दै छन्  माग्ने बुढा केदार प्रसाद घिमिरे । यतिबेला माग्ने बुुढा  फिल्म छायांकनको क्रममा मुक्तिनाथ पुगेका छन् ।

यसैक्रममा उनले छोरा आशिष घिमिरे अभिनित आजबाट हलमा लागिरहेको चलचित्र होस्टल–३ को सफलताको कामना गर्दै र दर्शकलाई फिल्म  हेरिदिन आग्रह गर्दै  मुक्तिनाथ बाटै भिडियो सन्देश पठाएका छन् । उनी पछिल्लो समय जेरी अन टप, माग्ने राजा , र माईतीघर  चलचित्रको छायांकनमा  व्यस्त छन् ।