
बलिउड अभिनेता आमिर खान फेरि एकपटक चर्चामा आएका छन्। यसपटक उनी कुनै फिल्मका कारण होइन, आफ्नी तेस्रो प्रेमिकाका कारण चर्चामा छन्। उनको नयाँ प्रेमिकाको तस्बिर सार्वजनिक भएको छ, जसलाई उनी पछिल्लो एक वर्षदेखि डेट गरिरहेका छन्।
आमिरकी तेस्रो प्रेमिकाको नाम गौरी स्प्रेट हो। दुवै जना एकअर्कालाई पछिल्लो २५ वर्षदेखि चिन्छन्। आमिर खान पछिल्लो एक वर्षदेखि गौरीलाई डेट गरिरहेका छन्। गौरी मूल रूपमा बेंगलुरुकी हुन्। उनी हाल आमिर खानको प्रोडक्सन हाउसमा काम गरिरहेकी छिन्। दुवै जना धेरै ठाउँमा सँगै देखिएका छन्। गौरीको एक छोरा पनि छ, जसको उमेर ६ वर्ष रहेको बताइएको छ।
आमिरले बिहीबार आफ्नो गौरीसँग डेट गरिरहेको पुष्टि गरेका छन्। उनले मुम्बईमा आफ्नो ६० औँ जन्मदिन समारोहको क्रममा मिडियासँग यो जानकारी साझा गरे। आफ्नी प्रेमिकाको प्रशंसा गर्दै आमिरले भने, मेरी प्रेमिका कट्रिना कैफभन्दा धेरै सुन्दर छिन्। जब म उहाँसँग हुन्छु, मलाई घरमा भएको महसुस हुन्छ।