यी हुन् सर्वाधिक कमाइ गर्ने १० नेपाली फिल्म

...

काठमाडौँ । २०८१ साल नेपाली फिल्मको लागि ऐतिहासिक वर्ष सावित भएको छ। किनकी यसवर्ष धेरै फिल्महरुले राम्रो व्यापार गरेका छन्। चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यसवर्ष नेपालीतर्फ हालसम्म ५९ नेपाली रिलिज हुँदा ग्रस कलेक्सन १ अर्ब ८० करोड छ।  यसवर्षको नेपाली बजारको आकार ऐतिहासिक मात्रै नभई अभूतपूर्ण देखिएको छ। पहिलोपटक नेपाली फिल्म बजारको कमाइमा यो किसिमको उछाल देखिएको हो।

यसवर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म –

पूर्णबहादुरको सारंगी-  ४६ करोड ८० लाख रुपैयाँ ग्रस

१२ गाउँ-  १९ करोड ९२ लाख रुपैयाँ ग्रस

छक्कापञ्जा ५-  १५ करोड २० लाख ग्रस
बोक्सीको घर-  १० करोड २ लाख ग्रस
अञ्जिला-  ७ करोड ५० लाख रुपैयाँ ग्रस
पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस
घरज्वाइँ-  ५ करोड ९ लाख रुपैयाँ ग्रस
फर्की फर्की-  ४ करोड ८४ लाख रुपैयाँ ग्रस
मनसरा-  ४ करोड ७८ लाख रुपैयाँ ग्रस
लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस