‘हासन माया’मा नन्दु र कमला बिसीको नृत्य

...

काठमाडौं । गायक नन्दु परियार र गायिका देवी घर्तिको स्वरमा नयाँ लोक गीत ‘हासन माया’ सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा नन्दुकै लय छ । संगीत संयोजन एचबिएन किस्मतले गरेका हुन् । बिराज वली युट्युवमा सार्वजनिक गीतको भिडिओमा नन्दु परियार र कमला बिसीले नृत्य गरेका छन् ।

बर्दिया जैनगरको खुर खुरेमा जन्मिएकी नवमोडल कमला बि.सि कलाकारितामै भविष्य खोजिरहेकी छिन् । सानै उमेर देखि मोडल बनने सपना बोकेकी कमलाले अहिलेसम्म ८ वटा भिडिओमा काम गरिसकेकी छिन् । कमलाले आफ्नो मोडल बन्ने सपना पुरा गराउन आमा नन्दा बिसी र बुबा भरत बिसीले आफूलाई ठुलो सहयोग गरेको बताउँछिन् ।

परिवारको साथ भएन भने कुनैपनि काम गर्न नसकिने बताउने कमला दर्शकमाझ चिनिन चाहान्छिन् । अहिले सार्वजनिक भिडिओलाई कमल भक्तले निर्देशन गरेका हुन् । कमल पनि पछिल्लो समयका ब्यस्त र रुचाइएका कोरियोग्राफर तथा निर्देशक हुन् । उनले थुप्रै भिडिओमा काम गरिसकेका छन् ।