काठमाडौँ । नेपाली चलचित्र ऊनको स्वीटरले केन्द्रीय जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र यही वैशाख २६ गतेदेखि सिनेमा घरहरूमा रिलिज हुँदैछ ।
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने फिल्म नवीन चौहानले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।







२३ बैशाख २०८२, मंगलवार १८:१२ 








