काठमाडौं । ‘अभिनेता राजेश हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेटभन्दा लामो ट्रेलरमा हमाल पुरै एक्सन अवतारमा प्रस्तुत छन् ।
राज कटुवाल हमाललाई साथ दिने भूमिकामा छन् । हमालको जोडीको रुपमा नीति शाह र कटुवालको अपोजिटमा सनिशा भट्टराईलाई कास्ट गरिएको छ । प्रशान्त ताम्राकार खलपात्रको रोलमा छन् । फिल्ममा नीर शाह, सरोज खनाल, उषा खड्गी लगायतको पनि महत्वपूर्ण रोल छ ।
ट्रेलर सार्वजनिक गर्न विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि प्रदर्शन हुँदैछ ।







२६ बैशाख २०८२, शुक्रबार ०९:३५ 








