न्यूयोर्कमा दीक्षित भइन् सुहाना थापा

...

काठमाडौँ । अभिनेत्री सुहाना थापा न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीबाट स्नातकोत्तर उत्तिर्ण भएकी छिन् । उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट परामर्श र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उत्तिर्ण गरेकी छिन् ।

सुहानाको दीक्षान्त समरोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक, अभिनेत्री झरना पनि न्यूयोर्कमा छिन् । बुवा सुनिलकुमार थापा भने देखिएका छैनन् । नेपाली सिनेनगरीमा धेरै अध्यन गर्ने नायिकाको नाममा सुहानाको नाम थपिएको छ।