मोफसल यात्रामा ‘जन्ते बाख्रो’

...

काठमाडौँ । चलचित्र  ‘जन्ते बाख्रो’ टिम मोफसल यात्रामा निस्किएको छ । चलचित्र  युनिटले दाङ,नेपालगञ्ज  पुगेर दर्शक साक्षात्कार गरेको छ। मोफसलमा दर्शकको राम्रो साथ मिलेको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमा पश्चिम नेपालमा सवैजसो ठाउँमा राम्रो व्यापार गरिरहेको छ । बिशेषगरी दाङ, नेपालगञ्ज र धनगढीमा राम्रो व्यापार गरेको  निर्माताले बताएका छन् ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ।