काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्ने भएको छ । बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो ।
यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने जनाइएको छ ।
आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गरिने भएको छ ।







२ असार २०८२, सोमबार ०९:४२ 








