काठमाडौं । वरिष्ठ कलाकार अभिनेता हरिवंश आचार्य अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५ मा विशेष अतिथिको रुपमा सहभागी हुने भएका छन् । जुन २६ देखि २९ सम्म यसवर्षको फेस्टिभल संस्करण आयोजना हुँदैछ । फेस्टिभलले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।
यो फेस्टिभल मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को प्रदर्शनसँगै औपचारिक रुपमा सुरु हुँदैछ । अभिनेता आचार्य उद्घाटन र समापन समारोहसहित आफ्नो फिल्म ‘भूठान’को अमेरिका प्रिमियरमा पनि उपस्थित हुनेछन् । यो फिल्मको स्क्रिनिङपछि दर्शकले आचार्यसँग प्रश्नोत्तर गर्ने मौका पाउनेछन् ।
महोत्सवको क्रममा ब्रेन्टवुड आट्र्स एक्सचेन्जमा हरिवंशसँग फायरसाइड च्याट आयोजना गरिनेछ, जहाँ उनले आफ्नो सिर्जनात्मक यात्राको बारेमा चिन्तन गर्नेछन्, नेपाली सिनेमा र साहित्यमा आफ्नो योगदानको बारेमा छलफल गर्नेछन् ।







२ असार २०८२, सोमबार १४:२० 








