आमिर खानको ‘सितारे जमीन पर’ भोलिबाट नेपालमा

...

काठमाडौँ। आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ नेपालमा भोलिबाट नेपालमा रिलिज हुने भएको छ। यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो।

यसअघि फिल्मको राइट महंगो भएको भन्दै वितरकले नेपाल ल्याएका थिएनन्। आमिरको बहुप्रतिक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए।

यस फिल्मले भारतमा राम्रो व्यापार गरिरहेको छ। शुक्रबारबाट रिलिज भएको यस फिल्मले विश्वभर एक सय करोडको आकंडा पार गरिसकेको छ। यो फिल्म २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।