काठमाडौं । अभिनेता राजेश हमालले आज असार १५मा आयोजीत धान रोपाईँ कार्यक्रममा पुगेर धान रोपेका छन् । उनले धाई रोप्ने क्रममा सन्चारकर्मीसँग कुरागर्दै राज्यले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेान जोड दिए । उनले राज्यले कृषिलाई पहिलो प्राथमिकतामा राख्नेहो भने देश समृद्ध बन्छ भनेका छन् ।
‘हामीले नेताहरुले देश समृद्ध बनाउन लागिरहेका छौं भनेको सुन्छौं, यदि राज्यले कृषि र कृषकलाई पहिलो प्राथमिकतामा राख्नेहो भने देश समृद्ध बन्छ । हाम्रो जस्तो देशमा कृषिलाई नै प्राथमिकतामा राख्नैपर्छ ।’ हमालले भने । ‘समृद्धिको रोल म्याप भनेकै पहिलो कृषि र दोस्रो पर्यटन हो । दुई कुरालाई प्राथमिकतामा राख्नुभयो भने यि कुराहरुसँग रोजगारी जोडिन्छ, समृद्धि जोडिन्छ । मुलभुत आवश्यक खाद्यान्न पनि जोडिन्छ । यो कुरामा ध्यान दिनु आवश्यक छ ।’
हमालले आज आयोजीत धान रोपाईँ कार्यक्रममा केहिबेर सहभागीता जनाएका थिए । उनी हिलाम्य भएका थिए । हमालको कृषि समबन्धि टेलिभिजन शो र टिमले बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।







१५ असार २०८२, आईतवार १९:२२ 








