एलिना र समीक्षा र रेखाले भेटे गृहमन्त्रीलाई

...

काठमाडौँ । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सो क्रममा उनीहरुले साइबर क्राइम मुद्दा अगाडि बढाउन गृहमन्त्रीको सहयोग मागेको बताइएको छ । भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनीहरुको साथमा नायिका रेखा थापाले पनि गृहमन्त्रीलाई भेट गरेकी छन्। मन्त्री लेखकसँगको तस्बिर शेयर गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद ।’