काठमाडौँ। नव-नायक समिर भट्टलाई चलचित्रमा कम गर्नको लागि डेढ करोडको अफर आएको निर्देशक सन्तोष सेनले खुलाएका छन्। ‘१२ गाउँ’ चलचित्रबाट नेपाली सिनेनगरिमा डेब्यु गरेका समिरको पहिलो फिल्मबाट नै क्रेज थामिनसक्नुको भयो। ‘१२ गाउँ’ पछि उनको दोस्रो चलचित्र ‘बलिदान’मा काम गरेका छन् जुन दशैँको फूलपातीमा रिलिज हुदैछ।
यतिबेला कलाकारले लिने पारिश्रमिकको कुराले सिनेनगरी तताईरहेको समयमा समिरलाई क्यास डेढ करोड दिन्छु मेरो चलचित्रमा काम गरौ भन्दै अफर ईसकेको कुरा सन्तोष सेनले खुलाएका छन्। सन्तोष सेनाले समिरलाई ‘१२ गाउँ’ चलचित्रमा काम गर्नुभन्दा पहिला नै आफ्नो चलचित्रको लागि सम्झौता गरेका थिए।
अब समीरको ‘१२ गाउँ’ २ बन्ने तयारीमा छ। समिर फिल्ममा आउनुभन्दा अघि विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका थिए । उनले व्यवस्थापनबाट स्नातक गरेका छन्। चलचित्रमा आउनुअघि सम्म विराज भट्टले आफ्ना छोराहरुको तस्विर सार्वजनिक गरेका थिएनन्। यसकारण एकैपटक फिल्ममा समिरलाई देख्न पाउदा धेरै दर्शक उनका फ्यान भएका हुन्।







१८ असार २०८२, बुधबार ११:४३ 








