काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको कुराले यतिबेला बजार तताईरहेको थियो। सिने क्षेत्रमा बहसको विषय बनिरहेको थियो। यसैक्रममा ‘माग्ने बुढा’ले भनेका छन् ‘६१ लाख लिएको कुरा सत्य होईन प्रचारका लागि मात्रै निर्माण टिमले यस्तो गर्नुभयो।’
यसपछि ‘माग्ने बुढा’ले ६० लाख पारिश्रमिक लिएको कुरा झुठो साबित भएको छ। पैसाको बिषयमा ‘माग्ने बुढा’ स्वयम् ले भनेका छन् ‘फिल्मको प्रचारको लागि मलाई ६१ लाख दिएको भनियो। तर ,मैले त्यति रकम लिएकै छैन। उनि थप प्रष्ट बनाउछन् मैले किन यस्तो हल्ला गर्नुभएको यसो नगरौ पनि भने तर फिल्म निर्माण टिमले यस्तो गर्दा फिल्मको हाईप हुन्छ ,पब्लिसिटी हुन्छ भन्नुभयो, तर मैले त्यति रकम लिएको छैन। यता जाउ ६० लाख उता जाउ ६० लाख को कुरा मात्रै आउन थालेछ दुख लागेको छ।’
फिल्ममा माग्ने बुढाले ३५ लाख रुपैयामा सहमति गरेको र फिल्म चलेको खण्डमा इन्सेनटिभ पाउने कुरामा सम्झौता भएको रहेछ। यता आफुलाई लिएर पैसाको मात्रै कुरा जोडिएपछि माग्न्ने बुढा असन्तुस्ट देखिएका छन्।







२३ असार २०८२, सोमबार १०:२३ 








