काठमाडौँ। गत एक महिनादेखि गायिका सारिका घिमिरे र उनको गीतको चर्चा छ। गुन भुल्यौ पित्तलको, सुन पायौ होला भुइँ छोड्यौ आकाशको जून पायौ होला यहि गीतले अहिले सबैको मन -मस्तिष्कमा बस्न सफल भएको छ। गीत रिलिज भएको एक महिनामा नै १० मिलियन भ्युजको नजिक पुगिसकेको छ। यतिबेला गीत पनि चल्यो सारिका पनि चर्चित भईन् तर उनको बिगतको संघर्ष निकै लामो छ।
नायिका बन्छु भनेर कलाकारितामा प्रवेश गरेकी सारिकाले आधा दर्जन भन्दा बढी चलचित्रमा काम पनि गरेकी छन्। राजेश हमाल,दिलिप रायामाझी जस्ता अग्रज कलाकारहरुसंग उनले स्क्रिन सेयर गरेकी छन्। तर नायिका भन्ने सपनालाई बिट मारेर उनि गायनतर्फ लागिन्।

आखिर के कारणले नायिका बाट गायनतर्फ मोडिईन् लगायतका सन्दर्भमा सारिका घिमिरेसँगको कुराकानी।
के कारणले नायिका बाट गायिका बन्नुभयॊ ?
नेपाली सिनेक्षेत्र हामीले सोचेजस्तो सहज रहेनछ। राम्रो ब्यानरबाट अफर पनि आएन ,सोचेअनुरुप काम गर्ने वातावरण नभएपछि गायनतर्फ मोडिएको हो।
गायन क्षेत्रमा लाग्नुभएको कति समय भयो ?,र हजुरको आवाजमा रेकर्ड भएको पहिलो गित कुन हो ?
हेल्लो मलाई मिस्कल हान्ने हु आर यु बोलको गित मेरो पहिलो गीत हो। यो गीत त्यो समयमा निकै चल्यो। धेरैले मन पराउनुभ्यो ,अत्याधिक टिकटक पनि बने तर म भने गीत सरह चिनिन सकिन। म गायन क्षेत्रमा लागेको कोरोनाको समयदेखि हो लगभग ६ वर्ष लागिसकेको छ।
६ वर्षसम्म आफु चिनीनका निमित्त कति कस्तो संघर्ष गर्नुपर्यो ?
संघर्षका कुरा त कति हो कति साध्य छैन। आफ्नो गीत नचलेपछि अरु सर्जकहरुले गित दिन हिच्किचाउने, उसको कुन गित चलेको छ र भन्ने लगायत थुप्रै कुराहरु सुन्नुपर्यो। सपल कलाकारहरुको हेपाई,ति व्यंग्यात्मक बचनहरु, सांगीतिक भेदभाव धेरै कुराको सामना गर्नुपर्यो। तर मैले हार मानिन एकदिन अवश्य म मेरो गन्तब्यमा पुग्नेछु भनेर निरन्तर लागिरहे।
अब राम्रो ब्यानरबाट सोचेअनुरुप चलचित्रको अफर आयो भने फिल्ममा कम्ब्याक गर्नुहुन्छ ?
सायद गर्दिनहोला। किनभने म अभिनयको लागि भन्दापनि गायनकै लागि बनेको रैछु भन्ने आभाष भएको छ। गायनमै केहि गर्नसक्छु भन्ने आत्मविश्वास पनि छ। अभिनय बाट मैले बिट मारिसकेको हो।
अबको भावी योजना के छ ?
गीतचलेपछि धेरै सर्जकहरुले गित गाउन अफर गरिरहनुभेको छ। गित रेकर्डिङ्ग मा व्यस्त छु। यस्तै मेरो व्यक्तिगत सोच र योजना के छ भने म अरुको सिर्जना भन्दापनि आफैले सिर्जना गरेर गीतहरु बनाउने चाहाना छ। मलाई अरुको सिर्जना भन्दापनि आफ्नै सिर्जना फाप्छ जुन कुरा गुन भुलेउ पित्तलको सुन पायौ होला गीतले पनि प्रामाणित गरिदिएको छ।








२४ असार २०८२, मंगलवार १०:३७ 








