सज्जनराज वैद्यको ‘बेहुली’ ८ देशको युट्युब ट्रेन्डिङमा

...

काठमाडौं । गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ नेपालसहित ८ देशको युट्युब ट्रेन्डिङमा स्ट्रिम भैरहेको छ । मंगलबारदेखि बेलायत र क्यानडामा पनि यो गीत संगीत खण्डतर्फको ट्रेन्डिङमा समावेश भएको छ ।

नेपालमा मंगलबार युट्युब ट्रेन्डिङको मुख्य खण्डकै शीर्षस्थानमा गीत उक्लिएको छ । दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यैपछि सज्जनको यो गीत ट्रेन्डिङको मुख्य खण्डमा उक्लिन सफल भएको हो ।

सज्जनको संगीत र स्वर रहेको गीतमा उनीसहित दिब्या रायमाझी  फिचर्ड छिन् । दुईदिनअघि रिलिज गरिएको यस गीतलाई १५ लाख पटक हेरिएको छ भने ६ हजार भन्दा माथि कमेन्ट आईसकेका छन्।