काठमाडौँ। दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युब म्युजिकमा रिलिज भएको १६ घण्टामै ट्रेन्डिङ २ मा प्रवेश गरेको छ । हिजो साँझ सार्वजनिक भएको यो गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
समाचार तयार बनाउदासम्म १.३ मिलियन भ्युज प्राप्त गरिसकेको छ। भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानी पनि फिचर्ड छिन्। । गीतको शब्द, संगीत तथा स्वरमा दुर्गेश थापा स्वयंम छन् ।







२६ असार २०८२, बिहीबार १०:०९ 








