काठमाडौँ। दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ सबैभन्दा छिटो युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउने गीत बनेको छ। रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो । अस्ट्रेलियामा ट्रेन्डिङको शीर्षस्थानमा आउने पहिलो नेपाली गीत समेत बन्यो ।
रिलिजको तीन दिनमै यसले अर्को रेकर्ड रचेको छ । त्यो हो- सबैभन्दा छिटो युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउने कीर्तिमान । रिलिजको ३ दिनमै यो गीत ४० लाख भ्यूज बटुल्दै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।
यो गीत तयार बनाउदासम्म गीतलाई ४४ लाख भ्युज मिलिसकेको छ।







२९ असार २०८२, आईतवार १०:०० 








