चलचित्र ‘कहाँ भेटिएला’ घोषणा, माग्ने बुढा मुख्य भूमिकामा

...

काठमाडौँ। चलचित्र ‘कहाँ भेटिएला’को नामबाट फेरि चलचित्र निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत लिइसकेको छ । मिलन तामाङ, निर्माता निर्देशक रहेको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।

शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।स्वर्गीय अभिनेता श्रेष्ठ अभिनित ‘कहाँ भेटिएला’ एक दशक अगाडि निर्माण भएको थियो ।