अमेरिकामा विशेष प्रदर्शन गर्दै ‘सतीदेवी’

...

काठमाडौँ। लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ अमेरिकामा प्रदर्शन हुने भएको छ। समाजमा छोरीको महत्वको सन्देश दिने चलचित्र अमेरिकामा विशेष प्रदर्शन हुने भएको छ । फिल्म आगामी अगस्ट १७ तारिकमा अमेरिकाको भर्जिनीयास्थित फेयरफ्याक्समा प्रदर्शन हुने छ।

फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले गत वर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा दुई लाख रुपैयाँ पुरस्कार पनि जितेको थियो।

यो फिल्म गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो ।