‘क्याप्टेन साब’को छायांकन सुरु

...

काठमाडौँ। फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु गरिएको छ । शनिबार काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ढुंखर्कबाट फिल्मका लागि दृश्य खिच्न थालिएको हो । एक महिनाको सेड्युलमा काभ्रेसँगै काठमाडौं, चितवन, र वीरगञ्जमा फिल्मको छायांकन गरिने स्रोतले बताएको छ।

फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । फिल्ममा निर्देशक खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्मातामा छन् भने कार्यकारी निर्माता सिर्जना नापित हुन् ।