पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक

...

काठमाडौँ। गायक पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक भएको छ । हिजो पुष्कल शर्माको आफनै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ।  पूर्णकला बिसी र पुष्कल शर्माको आफ्नै आवाज रहेको यस गीतमा राम्रो भ्युज र सबै सकारात्मक प्रतिक्रियाहरू आईरहेका छन् ।

पुष्कल  शर्माकै लय -शब्द रहेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । गीतको म्युजीक भिडियोमा स्वयम् पुष्कल शर्मा ,सवि शर्मा ,अर्जुन सापकोटा, सारिका के सी, विक्रम बुढाथोकी फिचर्ड रहेका छन् ।गीतमा

रुँदै -रुँदै आए आमा घुमी सातै फेरो 

स्वर्ग जस्तै छ है आमा यताको घर मेरो

सुख पनि छ मलाई शान्ति पनि छ मलाई

सबै कुरा सकिन भन्न आमालाई … जस्ता शब्द समेटिएको यस तीज गीतले मौलिकता झल्काएको छ ।