मलाई तीजको कार्यक्रममा बोलाउनुहुन्न – ज्योति मगर

...

काठमाडौँ। गायिका ज्योति मगर भन्छिन्, ‘मलाई तीजको कार्यक्रममा कसैले बोलाउनुहुन्न । अन्य गायिकाहरू अरू बेला खाली भएपनी तीजमा व्यस्त हुनुहुन्छ । कार्यक्रमहरू भ्याई न भ्याई नै हुन्छ । तर म भने तीजमा फुर्सदमा नै हुन्छु ।’ आफुलाई तीज कार्यक्रममा नबोलाउनुको कारण खुलाउदै उनी भन्छिन्, ‘तीज संस्कार जोगाउने संस्कृति बचाउने पर्व हो रे यसकारण मलाई नबोलाउनुभएको होला । उनी थप सुनाउँछीन्, ‘म त्यो क्याटागोरीमा पर्दिन होला सायद । जसले जसरी बुझ्नुहुन्छ ठिकै छ भन्छिन् उनी । बोलाएको ठाउँमा जान्छु अब बोलाउनुभएन भने त बस्ने नै हो ।’

करिब दुई दशकअघि दाङबाट काठमाडौँ पसेकी उनले थुप्रै सङ्घर्ष गरिन्  ज्योति २०६३ बाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । सुरुवाती दीनमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतिले केही वर्ष रङ्गमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् २०६३ मा उनले पहिलो गीति एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन ।

उनको दोस्रो र तेस्रो गीति एल्बम ‘माया सँग’  र ‘उही मुलाको सिन्की उही मुलाको चाना’ बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझै चर्चामा आउनुको कारण उनको ’ढाडे बिरालो’नामक गीत रहेको छ । यो गीत यता उनलाई थुपै् नकारात्मक गालीहरू पनि आए । उनले लगाउने कपडा र उनले गाउने शब्दहरूले समाज भड्काउने भन्दै विभिन्न आरोप पनि लाग्ने गर्छ । यद्यपि उनी सबैलाई आफुलाई लागेको कुरा भन्ने छुट रहेको बत्ताउँछिन् ।

Jyoti magar