माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई १८ वर्ष पुरानो कालो हरिणको सिकार गरेको अभियोगमा फेरी अदालत जानुपरेको छ । कालो हरिण प्रकरणमा दर्ता भएका चार मुद्दामा तीन मुद्दामा सफाइ पाइसकेका सलमान जोधपुरस्थित सीजेएम अदालतमा बयान दर्ता गराउन अदालतसमक्ष पुगेका हुन् । तर, यो मुद्दामा अर्को सुनुवाई २७ जनवरीमा हुनेछ ।
जोधपुर जिल्लाका मुख्य न्यायिक मजिस्ट्रेट दलपत सिंह राजपुरोहितले सलमान खान र अन्य आरोपीको अधिवक्ताद्वारा पेश हाजिरी माफीसम्बन्धी निवेदन स्वीकार गर्दै यस्तो आदेश जारी गरेको हो ।
–
सन् १९९८ मा जब सलमान खान सुरज बड्जात्याको चलचित्र ‘हम साथ साथ है’ को सुटिङ गरिरहेका थिए । उसै समय सलमान सहकलाकारका साथ सिकारमा गएको बताइएको छ । जंगलमा सुटिङका क्रममा अभिनेता सलमान खान, अभिनेत्री सोनाली बेन्द्रे, तबु, निलम र केही कलाकारमाथि जोधपुरस्थित कांकाणीमा दुई दुर्लभ कालो हरिणको सिकार गरेको आरोप लागेको हो । एजेन्सी