आज परितोशिकाको जन्मदिन,कति वर्ष पुगिन् ?

...

काठमाडौँ। आज गायिका अन्जु पन्तकी छोरी परितोशिकाको जन्मदिन । आजबाट अन्जुकी छोरी २२ वर्षमा प्रवेश गरेकी छन् । यही अवसरमा परितोशिकाले वीर अस्पताल लगायत अन्य विभिन्न अस्पतालका बिरामीहरूलाई खाना बाडेकी छन् ।

परितोशिका मोड्लिङ हुँदै नाटक खेल्दै अब फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । छोरी परितोशिकाकै कारण अन्जुले दोस्रो विवाह गरेकी थिइन् । आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पिरले छोरीले नै विवाहको  गर्न कर गरेको अन्जु बताउँछिन्  । अन्जु र परितोशिकाको सम्बन्ध ‘आमा छोरी’को भन्दा पनि ‘साथी’को जस्तो छ । उनीहरू एक अर्कासँग मनका पीडा, खुशी, सफलता, असफलता सबै साट्छन् । स्रमान्सँग डिभोर्स भएपछि अन्जुले छोरीलाई आमा- बाबा दुबैको माया दिएर हुर्काएकी छन् ।

परितोशिका  मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । तर उनी भने राम्रो स्क्रिप्टको खोजीमा छिन्।

anju daughter -