भावना आचार्यको ‘न त बने हिरोइन’ मा मिस पविको ठुम्का

...

काठमाडौँ। गायिका भावना आचार्यको आवाजमा ‘न त बने हिरोइन’ बोलको तीज गीत सार्वजनिक भएको छ । भावना आचार्य युट्युब च्यानलमार्फत हिजो सार्वजनिक भएको यस गीतको भिडियोमा स्वयम् भावना, मिस पवि, र राजन अधिकारी फीचर्ड छन् ।

नवीन पाण्डेको शब्द भावना आचार्यकै सङ्गीत र स्वर रहेको गीतको भिडियो भने नीतीन चन्दले निर्देशन गरेका छन् । केबीका खत्रीले भिडियोको कोरीयोग्राफी गरेकी छन् ।  ए.. यो बन्छु र त्यो बन्छु भन्दैमा गयो ३२ वर्ष,  न त बने हिरोइन न त डाक्टर नर्स ..जस्ता शब्द समेटिएको यस गीतले बढ्दो उमेर क्रमसँगै जीवनमा केही गर्न नसकेको कुरा व्यक्त गरेको छ ।

भावनाले थुप्रै गीतमा आवाज भरिसकेकी छन्। केही समय अघि मात्रै उनले सोच सोच केटा हो बोलको गीत सार्वजनिक गरेकी थिइन्।