यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ । सिनेमाले सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरबाट पाएको प्रतिक्रियाबाट यो सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्ने देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् । तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।







२१ श्रावण २०८२, बुधबार १८:१९ 








