‘गुन भुलेउ’ गीत पछि सारिकाको ‘मैना चरी’ गीत सार्वजनिक

...

काठमाडौँ । नेपाली साँगितीक क्षेत्रमा दशक माथीको यात्रा गरिसकेकी र केहिसमय अघिमात्रै ‘गुन भुलेउ पित्तलको सुन पायौ’ होला बोलको गीत सार्वजनिक गरेसँगै सबत्र चर्चामा रहेकी गायिका सारिका घिमिरेको नयाँ गीत सार्वजनिक गरिएको छ । सारिकाले गएको शुक्रबार ‘मैना चरी’ गीत सार्वजनिक गरेकी हुन् ।

सारिकाको आफ्नै अफिसियल युटुब मार्फत सार्वजनिक उक्त गीतमा शब्द पनि उनकै छ भन् संगीत तथा कम्पोज योगेश काजिले गरेका हुन् । उक्त गीतको भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका छन्। यस गीतमा अभिनय सारिका स्वयमको छ ।

उनको अघिल्लो गीत ‘गुन भुल्यौ’सर्वाधिक रुचाईएको गीतमा पर्छ । दशकौंदेखि गायनमा संघर्षरत सारिकालाई यही गीतको सफलताको स्वादले चखायो । सारिका यस गीतलाई लिएर पनि उत्तिनै आसावादी छिन् ।