काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ७’ को सुरुवात हुँदै छ । यसैबिच सिजन ७ का चार कोच मध्ये तीन कोच सार्वजनिक गरिएको छ । शनिबार द भ्वाइस किड्सको फिनालेको स्टेजबाट प्रमोद खरेल, मेलिना राई र खेम सेन्चुरी सिजन ७ को कोचको रुपमा सार्वजनिक गरिएको हो । बाँकी एक कोच सस्पेन्स राखिएको छ । होस्ट सुशिल नेपालले केहिसमय अघि बाँकी एक कोचपनि सार्वजनिक गर्ने बताएका छन् । बुझिए अनुसार चौथो कोचको रुपमा राजु लामा हुनेछन् ।
कोच प्रमोदले पछिल्लो सिजनमा आफू कोचको रुपमा नहुँदा भ्वाइसको स्टेजलाई धेरै सम्झिएको बताएका छन् । आफू स्टेजमा नबसि टेलिभिजन र युट्युवमा बसेर भ्वाइस हेर्दा कस्तो हुने रहेछ भन्ने प्रश्नमा कोच प्रमोद भन्छन्, आफू नहुँदा प्रेसर हुनेरहेनछ । तनाव बेगर हेर्दा रमाइलो हुँदो रहेछ । भ्वाइसको कुर्सिमा बस्दा गाह्रो हुन्छ । यस्तै कोच मेलिना राई र खेम सेन्चुरीले पनि खुसी ब्यक्त गरेका थिए ।
द भ्वाइस अफ नेपाल सिजन ७ एक महिना भित्रमै सुरुहुने बताइएको छ । द भ्वाइस अफ नेपालमा अहिलेसम्म पहिलो सिजनबाट सिडी बिजय अधिकारी, दोस्रो सिजनबाट राम लिम्बु, तेस्रो सिजनबाट
किरण गज्मेर, चौथो सिजनबाट करण राई, पाँचौं सिजनबाट बिनोद राई र छैठौं सिजनबाट प्रोसेस पाण्डे बिजेता बनेका थिए । यस्तै द भ्वाइस किड्सको पछिल्ला ३ वटै सिजन कोच प्रमोदको टिमले जितेको थियो भने हिजो भएको फिनालेबाट कोच मेलिना राईको टिमबाट सोनाली राज भण्डारीले जितेकी छिन् ।







२५ श्रावण २०८२, आईतवार १२:४३ 








