प्रकाश  सपुत अब व्यवसायतर्फ

...

काठमाडौँ।  गायक,नायक, र निर्माता समेत बनी सकेका प्रकाश  सपुत अब व्यवसायतर्फ लाग्ने तयारीमा छन्। सबै रहरहरू पुरा गरी सकेका प्रकाश सपुत एक स्थापित कलकार बनीसकेका छन् र यती बेला भने उनले आफुले केही व्यवसाय सुरु गर्ने योजनामा रहेको बताएका छन् । प्रकाश सपुत भन्छन्,  ‘मनका इच्छाहरू सबै पुरा गरियो अब केही व्यवसाय सुरु गरेर धेरै जना नेपाली दाजुभाई तथा दीदी-बहीनीहरुलाई रोजगारी दीन मन छ ।’

लोगीतसंगीतमा छुटै छाप छोडेका प्रकाश पछिल्लो समय फिल्ममा व्यस्त छन् । प्रकाश सपुतले गाएका “गलबन्दी“, “तिम्रो मायाले मलाई पिर दियो“, “कुरा बुझ्न पर्च“, “सकम्बरी“, “दमाई महाराज“ लगायत थुप्रै गीतहरू चर्चित छन्। उनका गीतले सामाजिक चेतनामूलक सन्देश दिने गर्दछन्। उनी समकालीन नेपाली लोक गायनमा एक यस्ता गायक हुन्, जसका लगभग सबै गीत चर्चित छन् ।

उनका हरेक नयाँ गीत मौलिक किसिमका छन् । उनको “गलबन्दी“ गीत पछि, नेपाली लोक गीतमा नयाँ अध्याय सुरु भयो भन्न पनि सकिन्छ । प्रकाश बागलुङको धम्जामा जन्मिएका हुन् । बाल्यकालदेखि नै उनले गाउँमा स्थानीय कार्यक्रममा गाउन र नाच्न मन पराउँथे।