काठमाडौँ । पल शाह कलकारितामा लागेको एक दशक पुगीसकेको छ । तर उनले घर बनाएका छैनन् उनको परिवार अहिले अपार्टमेन्टमा बस्छन् । उनले घर किन्ने तयारीमा पनि थिए । तर भनेजस्तो नभएपछि उनले घर किनेका छैनन् ।
यतीबेला उनले घर किन्न जम्मा गरेको रकम फिल्ममा लगानी गर्दै छन् । पल भन्छन्, ‘सबै कुरा लेखेकै हुने रहेछ । घर बनाउला अथवा घर किनौला भन्ने थियो तर भनेजस्तो भइरहेको थिएन । र अब फिल्मको तयारी गरिरहेको छु । अब भनेजस्तो सबै कुरा भयो फिल्म राम्ररी चल्यो भने ‘यानीमाया’ फिल्म रिलिजपछि घर बनाउने विवाह गर्ने एकै पटक हुन्छ होला। ’
साथै पलले आफ्नै नामको फाउन्डेसन खोलेर समाजसेवा पनि गर्दै छन् । पलले कलकारितासँगै समाजसेवा पनि एकसाथ लगीरहेका छन् । उनको यही समाजसेवाको भावले, सहयोगले पनि उनका फ्यान फलोईङको सङ्ख्या अन्य कलकारहरूको तुलनामा धेरै भएको भन्दा फरक नपर्ला । कोरोनाको समयमा पनि उनले धेरै समाजसेवा गरे जसको चौतर्फी प्रशंसा पनि भयो । उनले अब भने फाउन्डेसन खोलेरै समाजसेवामा लाग्ने भएका छन् । उनी भन्छन्, ‘फाउन्डेसनमा रकम जम्मा गर्दै छौ । अब म केही समयमा नै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गदैछु।’








२६ श्रावण २०८२, सोमबार ११:०३ 








