विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक

...

काठमाडौँ। अन्तत: विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो।सुन्दरमणि अधिकारीको शब्द तथा संगीत  रहेको यस गीतको भिडियोमा  मोडल ललिता पौडेलको अभिनय रहेको छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्ट सम्पादन छ । गीतमा छोरीले आमासँग बिलौना  गरेको कथावस्तु छ।

तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ ।