काठमाडौँ। फिल्म ‘सोल्टिनी’ पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ। असोज ३ गते रिलिज हुने भनिएको फिल्म उक्त मितिमा नआउने भएको निर्देशकले बताएका छन्।
आधिकारिक रूपमा नयाँ प्रदर्शन मिति घोषणा नगरिए पनि यो फिल्म तिहारमा प्रदर्शनमा आउने तय भएको बुझिएको छ। स्रोतका अनुसार तिहारको भाइटीकामा फिल्म रिलिज हुने तय भएको र सोही मिति राखेर नयाँ पोस्टर तयार पारिएको छ।
‘सोल्टिनी’ मा प्रकाश, परीक्षा र विल्सनसहित प्रेम सुब्बा, रबिन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायत कलाकारहरूको पनि अभिनय छ। फिल्मको निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन्।







२८ श्रावण २०८२, बुधबार १७:१२ 








