किन विष्णु माझीको गीतमा मात्रै काम गर्छिन् ललिता ?

...

काठमाडौँ। विष्णु माझीको गीतमा मात्रै खेल्ने मोडल ललिता पौडेल पनि विष्णु माझी जस्तै गुमनाम छिन् । आखिर किन विष्णु माझीको गीतमा मात्रै काम गर्न चाहान्छीन् त उनी ? पछिल्लो समय विष्णु माझीसँगै उनको गीतमा मोड्लीङ गर्ने ललिता पौडेलको पनि खोजी हुन थालेको छ । हुन पनि ललिताले विष्णु माझीको गीत बाहेक अन्यमा काम गरेकी छैनन् । आखिर किन त उनी पनि गुमनाम ? आउनुहोस् हामी केही जानकारी गराउँछौ ।

ललिताकी दिदीले एक भिडियो बनाएर जानकारी गराएकी छन् । उनकी दिदी भन्छिन्, ‘ मेरी बहिनी पढ्दै छे । यस कारण एका दुई राम्रो गीतको अफर आए मात्रै गर्ने अहिले पढाई लाई नै समय दीने भनेर अरू गीतमा काम नगरेकी हो । एउटा राम्रो जागिर खाएपछि मात्रै गीतहरू गर्ने भनेकी छे । अरूमा नगर्ने भन्ने होइन। ’ साथै उनकी दिदीले ललिताले खरदारमा नाम निकालेको पनि जानकारी गराएकी छन् ।