गायिका लक्ष्मी मल्लको ‘तिजका गीत कस्ता हुन्थे सुन’ चर्चामा

...

काठमाडौँ। गायिका लक्ष्मी मल्लको नयाँ तीज गीत ‘तिजका गीत कस्ता हुन्थे सुन’ निकै लोकप्रिय बनी रहेको छ । पछिल्लो समय ,भड्किला,अपाच्य गीतहरू बजारमा आइरहँदा उनले मौलिक गीत सार्वजनिक गरेकी हुन् । गीत सार्वजनिक भएको १० दीनमै २ मिलियन भ्युज मिलिसकेको छ । गीतको भिडियोमा १६०० भन्दा बढी सबै सकारात्मक कमेन्टहरु आईसकेका छन्  ।

गीतको भिडियोमा करिश्मा ढकाल, मेलिना शाह, एरोना मल्ल र वरिष्ठ कलाकार मिथिला शर्माको दमदार अभिनय रहेको छ।  श्रीकृष्ण बम मल्लको शब्द संयोजनमा तयार भएको यो गीत दिन प्रतिदिन लोकप्रिय हुँदै गएको छ।

श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल हाल सांगीतिक कार्यक्रममा सहभागी हुन अस्ट्रेलियामा रहेका छन्, तर यता नेपालमा भने यो गीतले निकै चर्चा बटुलिरहेको छ।