फिल्म निर्देशनमा डेब्यु गर्दै फिरोज तिमल्सेना

...

काठमाडौँ। तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय करिअर सुरु गरेका अभिनेता फिरोज तिमल्सेना अब निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘कहाँ गयौ तिमी’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘कहाँ गयौ तिमी’ मा को को कलाकार रहनेछन् त्यो भने निर्माण पक्षले खुलाएको छैन । फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा बन्नेछ । टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत दिन्छ ।