काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन् । यहि भदौ ६ गते ( अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको प्रसिद्ध ठाउँ ‘डुअर्स’बाट सुरू हुनेछ ।
डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोहि सेड्यूअलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा फिल्मको छायांकन हुनेछ निखिलले भने, ‘दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड र तेस्रो चरणमा यो फिल्मलाई नेपालमा खिचिनेछ । ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौं’। यो फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केहि चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ । यो विषयमा प्रश्न गर्दा निखिलले ‘आचार्य’सँग जोडिएका केहि सरप्राइज बाँकी रहेको र समयक्रममा सबै कुरा बाहिर आउँदै जाने बताए ।







३ भाद्र २०८२, मंगलवार १४:४० 








