‘जनै हराएको मान्छे’को अग्रिम टिकट बुकिङ खुल्ला

...

काठमाडौँ । ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ फिल्मको अग्रिम बुकिङ खुलेको छ । आउँदो शुक्रबार अर्थात भदौ ६ गतेबाट देशब्यापी रिलिज हुने जनै हराएको मान्छे प्रतिक्षित फिल्म हो । आज (बुधबार) क्यु.एफ.एक्स चेनमा हेर्दा १७ वटा शो दिएको देखिन्छ । यो अग्रिम रुपमा दिइएको शो हो । टिकट काट्नेको संख्या बढ्दै जादा शो पनि हलहरुले बढाउँदै जान सक्ने देखिन्छ ।

सँगै रिलजमा आएको अर्को फिल्म माग्ने राजालाई पनि हलहरुले बराबर शो दिएका छन् । बिशेषगरी जनै हराएको मान्छेलाई यो पटक बिशेषरुपमा किन हेरिएको छ भने बिजय बरालको मुख्य अभिनय रहेको यो फिल्म उनको पूर्ण बहादुरको सारंगी पछिको अर्को बिशेष फिल्म हो । कथा, मेकिंग देखी धेरैकुराहरुले गर्दा यो फिल्मलाई प्रतिक्षित मानिएको हो ।

आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्षको कथा फिल्मले बोकेको छ । पैसा कमाउने सपनासहित दक्षिण कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिबन्धमा परेर गरेका अनेक कामलाई फिल्मले देखाउनेछ । मुख्य पात्रको भूमिकामा विजय बराल फिचर्ड छन् । कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने पात्र मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।सशांक मैनाली, गौरव पहारी, भोलाराज सापकोटा, रिअर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको पनि अभिनय छ ।