४२ वर्षमा रेखा थापा

...

काठमाडौँ। आज अभिनेत्री रेखा थापाको जन्मदिन । मोरङमा जन्मिएकी रेखा आजबाट ४२ वर्षमा प्रवेश गरेकी छन्।  २२ वर्षअघि मिस कोशी सुन्दरी प्रतियोगितामा भाग लिएर अघि बढेकी रेखा थापाले आज आफूलाई नम्बर वान गायिका बनेर आफूलाई स्थापित गराएकी छन्। आज भदौ ५ अर्थात् आज उनै रेखाको जन्मदिन । सामाजिक सन्जालमा उनलाई बधाई र शुभकामनाको ओइरो छ ।

जन्मदिनमा उनी अहिले होमप्रोडक्सन फिल्म ‘३६ को आँकडा’को छायांकनमा ब्यस्त छिन् । रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। फिल्म खेल्न थालेपछि २२ वर्षको अवधिमा उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर सफल चलचित्र दिँदै दर्शकमाझ राम्रो छाप छोड्न सफल नायिका हुन् रेखा ।

कुनै बेला रेखा छोटो पहिरनलगायतका कारण सर्वाधिक चर्चामा थिइन्। हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ। अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। रेखाको करिअर चलचित्रमा मात्र सिमित छैन। पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय छिन्।

निर्माता छविराज ओझासँग करिब १० वर्ष वैवाहिक जीवनपछि डिभोर्स गरेकी थिइन्। लामोसमय एक्लै बस्दै आएकी रेखाले दोस्रो  विहे गरेकी छन्।अहिले उनकी एक छोरी पनि छन्। रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ ।