१४ फ्रेबुअरीः प्रेम कथा (भिडियो)

फागुन, काठमाडौं । आज १४ फ्रेबुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ । यो दिनमा प्रेमी प्रेमीकाले एक अर्कामा उपहार आदानप्रदान गरेर माया साटासाट गर्ने दिन पनि भनिन्छ । यस्तै ‘भ्यालेनटाइन–डे’ लाई नै मध्यनजर गर्दै प्रेमकथाको बिषयमा बनेको साईलेन्स चलचित्र ‘१४ फ्रेबुअरी’ सार्वजनिक गरीएको छ । जसलाई डिजिटल मिडियाले यु–ट्युब मार्फत सार्वजनिक गरेको हो ।

युवा गीतकार तथा मोडल दर्पण राई निर्देशीत छोटो चलचित्रमा आवाज विहिन प्रेमका भावनाहरु तरंगित रहेको छ । यस साइलेन्स चलचित्रमा दर्पण राई र सम्झना राईले आफ्नो अभिनय मार्फत नै करिब १५ मिनेटमा सत्य प्रेममा हुने कराहरु देखाएका छन् । यो ‘भ्यालेनटाइन–डे’ लाई लक्षित गरिएकाले ‘१४ फ्रेबुअरी’मा प्रेमका सकरात्मक सन्देश दिने प्रयत्न पनि गरिएको छ ।

एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबुअरी’ का लागि म्युजिक गायक तथा संगीकार विनय केटुले गरेका हुन् भने सम्पादन प्रेम शर्माको छ ।