अमेरीकामा “मिट एण्ड ग्रिट” विथ नायक प्रदीप खड्‌का सम्पन्न

...

काठमाडौँ।  ४ भाई इन्टरटेन्मेटको प्रस्तुतीमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्‌का सङ्ग “मिट एण्ड ग्रीट विथ प्रदीप खड्का “ कार्यक्रम सम्पन्न भएको छ । करीब ७०-८० जनाले उनको फिल्मी क्यारीएर, व्यक्तिगत जिवनीको बारेमा बुझ्ने मौका पाए ।  उक्त कार्यक्रमा दर्शकहरुले नायक प्रदीप र उनको चलचित्र क्षेत्रमा  योगदानको बारेमा प्रश्नोत्तर समेतको भिड थामीनसक्नु थियो त्यस्तै उनीसँग फोटो खिच्ने एवं टिकटक बनाउनेको पनि उस्तै भिड थियो ।

“यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र आफुले पाएको सम्मान र साथले झन आफुलाई भावुक बनाएको छ” अभिनेता प्रदीप खड्काले भने । “कलाकारप्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभुती भएको छ ” उनले थपे । उपस्थित नेपाली कलाप्रेमीहरुले पनि परदेशमा आफ्नो कला र कलाकर्मी सङ्ग भेट्न पाउँदा खुशी लागेको भन्दै आयोजक ४ भाई इन्टरटेन्मेटलाई धन्यवाद पनि दिए ।

मेरील्याण्डको गेथेस्बर्गमा यो कार्यक्रम हामिले पहिलो पटक आयोजना गरेका हौ र  यसबाट हामिले कार्यक्रम सफल पनि बनाएउ नेपाली कलाकार र कलालाई सन्सारभर चिनाउने पहिको कदममा हामिले सफलाता हात पारेउ , हामी खुशी छौं “कार्यक्रम आयोजक  ४ भाई इन्टरटेनमेन्टका प्रमुख दिवश बन ले भन्नुभयो । नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइराला लगाएकाले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सफलताले हौसिएका ४ भाई ईन्टरटेन्टमेन्टका प्रमुख मध्यका एक उत्सव रिमालले अब चाडै नै डि.एम. भी. एटीमा लक्षीत वृहत रूपमा सांगितिक कार्यक्रम‌को तयारी मा रहेको पनि जानकारी दिनुभयो।

pradip khadka