मिलन आलेको निर्देशनमा `पूरा भयो सपना मेरो´

...

काठमाडौं । निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ ।

रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छन् । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले रचेका हुन् ।
यसअघि `लक्ष्य´, `सत्या´,`हिड्दा हिड्दै´ लगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर `पूरा भयो सपना मेरो´ भरपुर मनोरञ्जन हुने बताउछन् ।