गंगा सोनाम बनिन् नेपाल आइडल विजेता

...

काठमाडौँ । सिन्धुपाल्चोककी गंगा सोनाम गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता बनेकी छन् । उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे ।

बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।

फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।