गायिका बन्न चाहन्थिन् गौरी मल्ल

...

काठमाडौँ। अभिनेत्री गौरी मल्ल वास्तवमा गायिका बन्न चाहन्थिन् तर उनी आफ्नो लक्ष्य भन्दा मोडिएर नायिका बनिन् । उमेर ढल्किएपछि लगभग अभिनयलाई बिट मारेकी गौरी भन्छिन्, ‘अझैपनी गायिका बन्ने चाहाना मरेको छैन।’

गौरी मल्लले नेपाली मात्रै नभएर बलिउड फिल्ममा पनि काम गरेकी छन् । सिनेमामा आउनुभन्दा पहिला उनी शिक्षिका थिइन् । गीत गुनगुनाउन मन पराउने गौरी वसुन्धरा भुसालसँगको चिनजानका कारण फिल्म क्षेत्रमा आएकी हुन् ।

‘सन्तान’ चलचित्रबाट डेब्यु गरेकी गौरीले टेलिसिरियलहरुमा पनि काम गरेकी छन् र आफैले पनि थुप्रै टेलिसिरियल बनाएकी छन् । उनले एक तीजको गीत मा आवाज पनि भरेकी छन्। अहिले भने गौरी मल्ल कमेडी दरबारमा आबद्ध छीन् ।