फागुन, काठमाडौं । हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ लिखित ‘साझापृथ्वी’ पुस्तकको बिमोचन गरीएको छ । शनिबार ललितपुर झम्सिखेलस्थित आइडियल मोडल स्कुलमा एक कार्यक्रममा बिच लेखक कर्ण शाक्यले पुस्तकको बिमाचन गरेका हुन् ।

कलाकार मदनकृष्णले केहिबर्ष अघि टेलिस्रियलका लागी लेखिएको स्क्रिप्टलाई पुस्तकमा रुपान्तरण गरीएको बताएका छन् । पृथ्वी हाम्रो मात्र होइन, सबैको साझा घर हो त्यसैले बनयजन्तुहरुलाई पनि माया गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट दिनखोजिएको लेखक मदनकृष्णले बताए । ‘हामीले पृथ्वी हाम्रो मात्र हो भनेर सम्झिएका हुन्छौं, तर बनजंगल बन्यजन्तुहरु भएनन् भने हामी बाँच्न सक्दैनौं, तिनै बनजंगलबाट अक्सिजन पाएका छौ र त हामी बाच्न सकेका छौैं, त्यसैले हामीले प्राकृतिक चिज अनि बन्यजन्तुलाई माया गर्नुपर्छ’, मदनकृष्णले भने । पुस्तकमा ५६ पृष्ठ र ११ कथा रहेका छन् । पुस्तक बिशेषगरी १२ बर्ष मुनिका बालबालिकाहरुका लागी केन्द्रित छ ।

पुस्तक कसरी बन्यो भन्ने हाम्रो प्रश्नमा मदनकृष्णले केहिबर्ष अगाडिको टेलिफिल्मको स्क्रिप्टलाई पुस्तकमा रुपान्तरण गरीएको बताए । मैले केहिबर्ष अगाडि लेखेको यो स्क्रिप्टलाई भिडियो बनाउँ भन्नेक्रममा छोरा यमन श्रेष्ठले मलाई यो त पुस्तक बनाउँनु पर्छ, यस स्क्रिप्टलाई पुस्तकमा उतारीयो भने धेरै बालबालिकाहरुलाई नेपालको प्राकृतिक चिज र बन्यजन्तुको बारेमा ज्ञानहुन्छ भनेपछि पुस्तकमा निकालेको हुँ, उनले भने । पुस्तक काठमाडौं पब्लिेकेसनबाट बजारमा आएको हो ।

साथै पुस्तक बिमोचनमा आएका लेखक कर्ण शाक्यले मदनकृष्ण श्रेष्ठले लेखेको पुस्तकको तारिफ गर्दै बालबालिकाहरुले यस पुस्तकबाट ठुलो ज्ञानआर्जन गर्न सक्ने बताएका थिए । बनबिज्ञसमेत रहेका कर्णले नेपालमा मानिसले बनजंगल र बन्यजन्तुलाई वास्ता गर्न छाडेको र यसको संरक्षण गर्नुपर्ने भन्दै यसपुस्तकले यसकार्यमा भोलिका दिनमा बालबालिकालाई अग्रसर गराउने बताएका थिए । ‘हामी नेपाली मालभएर पनि चाल पाउँदैनौं, नेपालमा कतिधेरै बन्यजन्तु छन्, कतिधेरै खोलानाला, तालहरु छन्, नेपालका यी चिजहरु हेर्नकै लागी बिदेशबाट पर्यटकहरु आउँछन् तर नेपालीहरुलाई यिनैकुहराहरुको वास्ता छैन ।

यिनै कुराहरुको संरक्षण गरीयो भने धनआर्जन गर्न सकिन्छ, बिदेशीनु पर्दैन ।’ कर्णले भने । साथै उनले आँफुलाई मदनकृष्णले घरमै पुगेर पुस्तक बिमोचनका लागी निमन्त्रणा गरीदिनुभएको र साँच्चै नै पुस्तकले बालबालिकाहरुको बन्यजन्तुप्रतिको धारणामा फरक ल्याउनेमा बिश्वस्त भएको बताए । पुस्तकमा समित श्रेष्ठले चित्र कोरेका छन् ।