विष्णु माझीको दसैँ गीत सार्वजनिक

...

काठमाडौँ । लोकगायिका विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक भएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।

गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ। यो विष्णु माझीको नयाँ गीत नभएर गत वर्ष आएको गीतलाई नै पुन: अपलोड गरिएको हो।