काठमाडौँ। देश निकै समस्यामा परिरहँदा अहिले नेपालमा भारतीय मिडियाहरूको लर्को लागी रहेको छ । यसैक्रममा यतीबेला भारतीय मिडियामा अभिनेता राजेश हमालको चर्चा भइरहेको छ । आजतकले हमालको सम्पत्तिको बारेमा समेत उल्लेख गरेको छ ।
समाचारमा भनिएको छ, ‘उनको अनुमानित सम्पत्ति ५० मिलियन डलर (करिब ४२० करोड भारु) छ, जुन नेपाली अभिनेताहरूमध्ये सबैभन्दा धेरै हो । भारतीय सञ्चारमाध्यम आजतकले अनलाइन संस्करणमा हमाललाई बलिउडका अमिताभ बच्चनसँग तुलना गर्दै उनलाई ‘सांस्कृतिक आइकन’ समेत भनेको छ ।
हमालले ३ सयभन्दा बढी फिल्ममा काम गरेको उल्लेख गर्दै आजतकले उनको शक्तिशाली डाइलग र स्टाइलिस लुक्सले नेपाली फिल्मलाई नयाँ उचाइँमा पुर्याएको जनाएको छ । उनको अध्ययनदेखि फिल्म करिअरको बारेमा पनि समाचारमा विस्तृतमा उल्लेख गरिएको ।








२६ भाद्र २०८२, बिहीबार १२:५९ 








