दशैंको फूलपातीमा ‘हरिबहादुरको जुत्ता’

...

काठमाडौँ। दशैंको फूलपातीमा फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ । टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड लगायतका सहर र राज्यमा फिल्म प्रदर्शन हुनेछ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतको अभिनय रहेको छ ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा हरिवंश आचार्यको लेखन, कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।